‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे

Machchapuchchre Bank

अर्थ राजनीति ~ नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले क्षमा याचना गरेका हुन् ।‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ उनले लेखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उनले आफू पश्चगमनको पक्षमा हुन नसक्ने जिकिर गर्दै उनले भनेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

जनयुद्धका नेता समेत रहेका उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनले बोलेको भिडियो भाइरल बनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्