अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली

Machchapuchchre Bank

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्।

शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर निर्माणको काम शुरु भइसकेको बताएका हुन ।

ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताउँदै रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको जानकारी गराए।

सीताको प्रतिमूर्ति बनिरहेको तथा अब लक्ष्मण र हनुमानको पनि बन्ने प्रधानमन्त्री ओलीले बताए।

यसअघि प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमै भएको बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्