सर्लाहीको अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

Machchapuchchre Bank

अर्थ राजनीति ~  सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरी  सर्लाही ल्याइएको  छ ।सञ्चालक अग्रवाललाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरि सर्लाही  पुर्‍याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् । जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्ध ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको बारे उनले थपे ।  उनका अनुसार सर्लाही प्रहरीको पत्राचारकै आधारमा अग्रवाललाई काठमाडौंमा पक्राउ गरिएको हो भने अग्रवालविरुद्ध १७ करोड रुपैयाँ मागदाबी गर्दै उखु उत्पादक किसानहरुले जाहेरी दिएका थिए। सो मध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेको बताइएको छ । उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौंसम्म पुगेर आन्दोलन समेत गरेका र तेसै क्रममा एकले ज्यान समेत गुमाईसकेका छन्  । त्यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया शुरु भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्