अर्थ राजनीति ~ नेकपा ओली समूहका नेताहरुले आगामी चुनाबका लागि दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई सामु आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई हिजो आयोगमा बोलाएको थियो तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएका छन् । साथै नेकपा ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग आगामी चुनाबका बारेमा भेटघाट तथा छलफल गरेका छन् । आयोगले दुवै समूहलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वाङले आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ भने समेत जानकारी गराए ।
दल दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगलाई आग्रह
