अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको जानकारी छ ।
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको
