बचतको ब्याज दर बढाउन राष्ट्र बैंकले घोषणा: बजारमा उल्टो असर देखियो

Machchapuchchre

अर्थ राजनीति ~  बचतको ब्याज दर बढाउन राष्ट्र बैंकले घोषणा गरेको थियो । तर अहिले बजारमा उल्टो असर देखिएको छ ।  अधिक तरलता भएका बेला त्यसलाई तान्ने उपाय नगरी एकतर्फी अंकुशको उपाय लगाउँदा बजारमा उल्टो असर देखिएको छ । नियामक राष्ट्र बैंकले बचतको ब्याज धेरै तल नजाओस् भनेर मुद्दतीको माथिल्लो र बचतको न्यूनतम ब्याज बीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै गभर्नर महाप्रसाद अधिकारीले बचतको ब्याज तल झर्न नदिने योजना बुनेका थिए । तर, मौद्रिक समीक्षामा भएको कार्यक्रम कार्यान्वयनका लागि निर्देशन जारी नहुँदै बजारले त्यसमा प्रतिक्रिया देखाइसकेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्