अर्थ राजनीति ~ ३८ तोला सुनको गहना चोरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षका राम तामाङ, धुलिखेल-७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल- १ का १८ वर्षका राजन तामाङ रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति