अर्थ राजनीति ~ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत पूरा भइसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए। उनले लकडाउनको समयमा पनि सिभिलतर्फको काम निरन्तर भइरहेको बताए । भट्टराईले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको जानकारी दिए । यदि कोरोनाकै कारण विदेशी जनशक्ति आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्ने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति