बैंकहरुमा कोरोना प्रभाव देखियो: नाफा घट्यो

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसका कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट आएको छ । कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ । सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफा घटेको छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको आम्दानी गत आर्थिक वर्षको तुलनामा ८० कराेड रुपैयाँ कम देखिएको छ । बैंकहरुले तिहारअघि नै नेपाल राष्ट्र बैंकमा पहिलो त्रैमासको रिपोर्ट बुझाएका थिए । आर्थिक वर्ष २०७६\७७ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब ५५ लाख रुपैयाँ नाफा कमाएका थिए तर चालु आर्थिक वर्षमा १४ अर्ब ७६ करोड रुपैयाँ मात्र कमाएको देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्