अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
