विश्वका प्रख्यात अरबपती एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक

Machchapuchchre

अर्थ राजनीति ~ अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो ।

विश्वका प्रख्यात अरबपती एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको हो  । यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए ।

ह्याकरहरुले बिल गेट्सको एकाउण्टमा समाजका लागि बिटक्वाईनमार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डिलर फर्काउने लेखिएको थियो ।

ह्क्याकरहरुले यी स्टाटसहरु पोष्ट गरेको केही मिनेटमै मेटाइएका थिए । ट्वीटरले घटनाबारे गम्भिर छानविन गरिरहेको जनाएको छ ।(एजेन्सी)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्