एक महिनाभित्र काठमाडौंको धुलो निर्मूल हुन्छ – राज्यमन्त्री मानन्धर

Machchapuchchre

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकामा धुलो नियन्त्रण पार्ने दावी गरेका छन् । आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्धी मानन्धरले एक महिनाभित्रै धुलो नियन्त्रण गर्ने र सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् ।

उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा सरकारी निकायबीच समन्वय गराएर उपत्यकाको सककको अवस्थामा एक महिनाभित्रै सुधार गर्ने प्रतिवद्धता जनाए । राज्यमन्त्री मानन्धरले सरकारले निर्माणाधीन विभिन्न आयोजनालाई तोकिएको समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्