राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली भने – आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ

Machchapuchchre

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण रोक्न थप सावधान नअपनाए अवस्था भयावह बन्न सक्ने अवस्था देखिए पछि लकडाउन बढाइएको बताए ।

प्रधानमन्त्री ओलीले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको उल्लेख गर्दै संक्रमणको प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको बताए । यस्तो अवस्थामा थप सजगता अपनाउनु अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘मुलुक लकडाउनमा गएपछि तपाईंहरुमा पर्न गएको असुविधा प्रति म जानकार छु । धेरै व्यवसायीले व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीको पढाइ छुटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘लामो जेल र एकान्तवासमा बिताएको मैले यसलाई सहजै अनुमान गर्न सक्छु ।’

कुनै खोप र औषधि पत्ता नलागेको परिस्थितिमा कोरोनाको संक्रमणबाट बच्न लकडाउन नै अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘समस्ष यथावत छ र सावधानी अपनाइएन भने अझै भयावह बन्ने खतार छ । यसैले आजबाट ८ दिनलाई लकडाउन बढाउन बाध्य बनेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी अवधिको लागि पनि यस्तै धर्यताको लागि अनुरोध गर्दछु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्