फिलिपिन्समा लकडाउन तोड्नेमाथि गोली प्रहार, एकको मृत्यु

Machchapuchchre

काठमाडौं । फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो ।

लकडाउन नतोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ । यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनी दिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्