चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

Machchapuchchre

काठमाडौं । चीनमा रहेका नेपाली नागरिकलाई फागुण ३ गते स्वदेश ल्याइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो ।

नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलन थालेपछि चीनमा रहेका आफ्ना नागरिकलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइने समेत मन्त्री बास्कोटाले जानकारी दिए ।

स्वदेश ल्याइएका उनीहरुलाई भुक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन समेत भएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्