वार्षिक व्याजदर १०.३५ प्रतिशतको दरले कृषि विकास बैंकले हालसम्मकै महंगो ऋणपत्र निष्कासन गर्दै

Machchapuchchre

अर्थ राजनीति ।  कृषि विकास बैंकले हालसम्मकै महंगो ऋणपत्र निष्कासन गर्ने भएको छ । कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याजको ऋणपत्र माघको १४ गतेबाट निष्कासन गर्न भएको छ। प्रति कित्ताको मूल्य एक हजार रुपैया दरको ऋणपत्र चाडोमा १७ गते सम्म बिक्रि बन्द हुने पनि जानकारी दिएको छ । योबिचमा बिक्रि नभएको कित्ता फल्गुन्को १४ गते सम्म बिक्रि गरिने भएको छ । कृषि विकास बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्न लागेको छ ।  न्युनतम २५ कित्ताको लागि आवेदन दिनुपर्ने छ भने अधिकतम २ लाख ५०,०००\- कित्तासम्म आवेदन दिन सकिने छ भनेर बताईएको छ ।

ऋणपत्र २०८३ सालमा परिपक्व हुने पनि बताइएको छ । साढे २ अर्बमध्ये डेढ अर्ब ब्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ भने बाँकी एक अर्बको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने भएको छ । सर्वसाधारणको एक अर्बमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याइएको पनि जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्