कांग्रेसले आज प्रधानमन्त्रीलाई ओलीलाई ज्ञापन पत्र बुझाउने

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ । ७७ जिल्लामार्फत नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउनेछन् । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक र विशेष सेवा ऐनको नेपाली कांग्रेसले विरोध गर्दै ज्ञापन पत्र बुझाउने लागेको हो  ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी पुगेका नेकपा सचिवालय सदस्य रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने प्रवक्ता श्रेष्ठको भनाई थियो ।

सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्