कांग्रेस वरिष्ठ नेता पौडेल उपचारका लागि भारत जाँदै

Machchapuchchre

काठमाडौं । स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको खबरहबलाई जानकारी दिए ।

‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ । स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् । ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो ।’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्