ओली-प्रचण्डलाई शिवमायाको चुनौती – ममाथि महाअभियोग लगाएर देखाउ

Machchapuchchre

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले निर्याय गरेको थियो । शनिबार सचिवालय बैठकले निर्णय गरेको भएपनि उनले भने राजीनामा दिन अस्वीकार गरेकी छिन् । पार्टी निर्णयपछि बालुवाटार पुगेकी तुम्बाहाम्फेले पार्टी अध्यक्षद्वयसँग आफूले कुनै हालतमा पनि राजीनामा नदिने अडान लिएकी छिन् ।

संविधानले दिएको अर्को बाटो अथवा महाअभियोगको प्रयोग गर्न नेकपाले खोज्यो भने के हुन्छ ? भन्ने प्रश्नमा उनले महाअभियोग लगाउन सुझाव दिएको बताएकी छिन । उनले भनेकी छिन – ‘मैले दुबै अध्यक्षलाई आग्रह गरेको छु । संविधानमा भएको प्रावधानलाई कसैले रोकेर रोकिँदैन । तपाईंहरुसँग सजिलो अधिकार संविधानको धारा ९१ को उपधारा ६ को ‘ग’ पनि प्रयोग गर्नसक्ने अधिकार छ । ‘ग’ मा उपभामुख र सभामुख रिक्त कसरी हुन्छ भन्ने प्रावधान त्यो धारामा छ । उपसभामुख पद कसरी रिक्त गराउन सकिन्छ भन्ने स्पष्ट व्यवस्था छ ।

उपसभामुखले पदअनुकूल आचरण नगरेका कारण संसदमा कायम रहेको कूल संख्यामध्ये दुई तिहाई लगाएर हटाउन सकिने व्यवस्था छ । मैले उहाँहरुलाई त्यो गर्नुस् भनेर भनिसकेको छु । अर्को संसदको सदस्य नरहेमा भन्ने अर्को प्रावधान पनि छ । त्यो भनेको समानुपातिकबाट म सांसद बनेको हो । समानुपातिकको लिष्टबाट निकालेर तिमी हाम्रो माननीय हैन भन्न सक्छ । गर्न सक्छ । मैले यो कुरा पनि बताएको छु ।

अर्को कुरा सभामुख पद प्रत्यक्ष निर्वाचित मात्रै जान पाउने भन्ने बहस भएको थियो । तर संवैधानिक व्यवस्था के छ भने सभामुखका लागि समानुपातिक वा प्रत्यक्ष भन्ने कुनै व्यवस्था छैन । जसले पनि दाबी गर्नसक्ने कुरा हो । मैले अध्यक्षहरुलाई यो कुरा पनि जानकारी गराएको छु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्