सातामा दुई दिन बिदाले फेरियो बैंकिङ कारोबारको समय

Machchapuchchre Bank
Artharajniti  ~    सरकारले सरकारी र सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै बैंकिङ समयमा परिवर्तन हुने भएको छ। सरकारको निर्णयलगत्तै नेपाल राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय कायम हुने निर्णय गरेको छ । कार्तिक १६ देखि माई १५ गतेसम्म भने बैंकिङ समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कायम हुनेछ। यो व्यवस्था सबै बैंक तथा वित्तीय संस्थालाई लागू हुनेछ। यस्तै राष्ट्र बैंकको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम हुनेछ। कार्तिक १६ देखि माघ १५ सम्म बिहान ९ बजेदेखि ४ बजेसम्म कार्यालय समय कायम हुनेछ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्