कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको सुनुवाइ स्थगित

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा समूहले दायर गरेको रिटमा आजका लागि पेसी तोकिए पनि इजलास नतोकिँदा सुनुवाइ हुन सकेन। यसअघि सर्वोच्च अदालतले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोगसहित सम्बन्धित पक्षलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सबै पक्षले जवाफ बुझाएपछि मुद्दा सुनुवाइका लागि अघि बढाइएको थियो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि कांग्रेसमा आधिकारिकताको विवाद चर्किएको हो। देउवा पक्षले विशेष महाधिवेशन अस्वीकार गर्दै नियमित महाधिवेशनकै औचित्य रहेको दाबी गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्