नेकपा र श्रम संस्कृतिद्वारा उपसभामुखमा दाबी

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा दाबी गर्ने जानकारी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा पार्टीका सांसद वर्षमान पुनले उपसभामुख पदमा आफ्नो दलको दाबी रहने बताए । यसका लागि अन्य दलसँग पनि संवाद भइरहेको उनले बताए । ‘उपसभामुखमा हाम्रो दाबी छ । हामी अरु दलसँग कुरा गर्दै छौँ‚’ उनले भने । यसअघि श्रम संस्कृति पार्टीले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने जानकारी दिएको थियो । सो पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठकबाट बाहिरिने क्रममा पार्टीले  महिला उम्मेदवार बनाउने जानकारी दिएका हुन् । ‘लोकतन्त्रमा उम्मेदवारी दिन पाइन्छ । हामी उम्मेदवारी दिन्छौँ । महिला उम्मेदवार उठाउँछौँ‚’ उनले भने । आइतबारको बैठकबाट रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) आर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्