इरानका तेलखानी र विद्युत् केन्द्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

Machchapuchchre Bank

Artharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै कुनै सम्झौता नभए इरानका विद्युत् उत्पादन गर्ने केन्द्र र तेलखानीसहितका संरचना ध्वस्त पारिदिने चेतावनी दिएका छन्। यद्यपि उहाँले अमेरिकाले इरानको नयाँ सत्तासँग गम्भीर कुराकानी गरिरहेको र त्यसबाट इरानमा जारी अमेरिकी सैन्य कारबाही टुङ्ग्याउने सम्भावना रहेको दाबी पनि गरेका छन्। सामाजिक सञ्जाल ट्रूथ सोशलमा ट्रम्पले अमेरिका एउटा नयाँ र अधिक समझदार सत्तासँग सैन्य कारबाही समाप्त गर्नेबारे गम्भीर छलफलमा रहेको जिकिर गरेका छन्। यसबीचमा इरान, लेबनन र इजरेलमा नयाँ हमलामा नयाँ आक्रमण जारी छन्। त्यस्तै स्ट्रेट अफ होर्मुजमा पानीजहाजहरूको आवतजावत युद्धपूर्वको तुलनामा निकै कम रहेको बताइएको छ। यी घटनाक्रमबीच एसियाली बजारमा मंगलबार पनि तेलको मूल्य बढेको छ। अमेरिकी कारोबारको तेलको मूल्य तीन प्रतिशतले बढेर झन्डै १०६ अमेरिकी डलर प्रतिब्यारल पुगेको बताइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले एउटा प्रेस ब्रीफिङमार्फत् इरान युद्धबारे जानकारी गराएका छन्। अमेरिकाले अहिलेसम्म १ हजारभन्दा अधिक स्थानलाई निसाना बनाएको र १५० वटाभन्दा धेरै जहाजमा क्षति पुर्याउँदै इरानी जलसेनालाई तहसनहस पारेको दाबी उनको छ। उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्ध आधाभन्दा अघि बढिसकेको बताएका छन्। उनले इरानको इस्लामिक गणतन्त्र इरान अन्ततः आन्तरिक रूपमै पतन हुने टिप्पणी गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्