काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

Machchapuchchre Bank

Artharajniti  ~   काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा बल प्रयोग गरी दमन गरेको आरोप छ। उक्त आन्दोलनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। जाँचबुझका क्रममा गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजालसहित अन्य व्यक्तिहरूमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन्। आयोगसमक्ष दिएको बयानमा रिजालले आन्दोलन नियन्त्रणका लागि ‘घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउन’ मौखिक निर्देशन दिएको स्वीकार गरेका छन्। तर उनले सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन्। रिजाल काठमाडौंका सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। सो अवधिमा कर्मचारी सरुवा तथा नियुक्तिमा अनियमितता गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुझाएको विवरण अनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान जारी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्