नागढुंगा सुरुङमार्ग संचालन गर्न छानियो कम्पनी

Machchapuchchre Bank
Artharajniti  ~   नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालनका लागि कम्पनी छानिएको छ। सबैभन्दा कम रकम प्रस्ताव गरेको चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी र एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी) जेभीलाई सुरुङमार्ग सञ्चालनको ठेक्का दिइएको छ। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाले सोमबार एक सूचना जारी गर्दै युसिन-एआरटी जेभीलाई ठेक्का दिइएको जनाएको छ। आयोजनाले कम्पनीलाई ठेक्का सम्झौताका लागि एक साताको समय दिएर बोलाएको छ। यो कम्पनीले लागत अनुमानभन्दा ४० प्रतिशत कममा काम गर्नेगरी आर्थिक प्रस्ताव पेस गरेको थियो। कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो। कम्पनीले वार्षिक २२ करोड रुपैयाँमा सुरुङमार्ग संचालन र व्यवस्थापनका साथै मर्मतसंभार पनि गर्नुपर्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्