कांग्रेसमा देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी आपूmलाई आएको बताए। पार्टीको कार्यबाहक सभापतिकौ हैसियतमा खड्का र नेता कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रमसमेत रहेको ती नेताको भनाई छ। आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो। यसमा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ।

यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए।खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए। उता, यसअघि नै शनिबार सानेपामा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम गरिसकेको थियो। केपी ओली र रमेश लेखक पक्राउ प्रकरणमा खड्काले कार्यबाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो। कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेबारेमा पनि छलफल गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्