ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी पोखरेलको इजलासमा

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको मुद्दाको पेसी तोकिएको छ । सर्वाेच्च अदालतका न्यायधीश मेघराज पोखरेलको एकल इजलासमा सो मुद्दाको पेसी तोकिएको हो । गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा शनिबार बिहान पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले आइतबार सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । ओलीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । त्यस्तै, ओलीसँगै पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्