“कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा रास्वपाको काँधमा “: डा. भट्टराई

Machchapuchchre Bank

Artharajniti  ~  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुलाई सकारात्मक कदम भनेका छन् ।  ९०७ पृष्ठ लामो उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको सरकारले अन्तिम समयमा भए पनि सार्वजनिक गर्ने निर्णय गर्नु सकारात्मक भएको बताए । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले प्रतिवेदनले तत्कालीन समयका गम्भीर कमजोरीहरूलाई उजागर गरेको उल्लेख गरे। प्रतिवेदन अध्ययन गर्दा भदौ २३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिएको र टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको पाएको उनले उल्लेख गरे।त्यसैगरी, भदौ २४ गतेको घटनामा राज्यका सबै अङ्गहरू असफल भएको प्रतिवेदनले स्पष्ट पारेको डा. भट्टराईले बताए। आयोगले दोषीलाई कारबाही, राम्रो काम गर्नेलाई पुरस्कार र शासकीय सुधारका लागि विस्तृत सिफारिसहरू गरेको जानकारी दिँदै डा. भट्टराईले अबको जिम्मेवारी नयाँ बन्ने रास्वपा सरकारको काँधमा आएको बताए। ‘देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्‍याउने भन्ने अब बन्ने रास्वपा सरकारको हातमा छ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्