अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ – मन्त्री बाँस्कोटा

Machchapuchchre Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रने बताए ।

उनले अहिलेको पत्रकारिता देखेर कहिलेकाहीँ आफूलाई राजीनामा दिएर बस्न झोक चल्ने गरेको टिप्पणी गर्दै उनले आफूलाई मिडियासँग बोल्न नै मन लाग्न छाडेको बताए। मन्त्री बाँस्कोटाले भने, “एउटा कुराभन्दा, पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हाबी भएको छ, म पनि वर्षौंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।”

सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले भने, “अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ, अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्