Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिमण्डल गठनको तयारी सुरु गरेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिमण्डल गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए । नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट १३ चैतमा रास्वपा वरिष्ठ नेता शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । रास्वपाका शीर्ष नेताबीच बालेन्द्र सरकारमा बढीमा १८ मन्त्रालय रहने समझदारी बनेको छ ।