आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारीमा प्रधानमन्त्री

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी अनुसन्धानका निकायहरूलाई निर्देशन दिने तयारी भएको हो ।यसका लागि प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्नालगायतसँग छलफल गरेकी थिइन् । यसका साथै केही कानुन व्यवसायीहरूसँग समेत छलफल गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी थालेकी हुन् । धेरैले आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका बेला उनले उक्त प्रतिवेदन सार्वजनिक नभई सिधै कार्यान्वयनमा लैजानमा जोड दिएकी हुन् । बुधवार या बिहीबार मन्त्रिपरिषद् बैठकको तयारी छ । सम्भवत: प्रधानमन्त्री कार्कीले सोमबार पदबाट बिदा हुने छिन् । सोअगाडि नै जेन–जी आन्दोलनका दुवै दिन भएका घटनाको निष्पक्ष अनुसन्धान गरी बुझाइएको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लगे आउने सरकारलाई समेत काम गर्नुपर्ने दबाब हुने बुझाइ छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले २४ फागुनमा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । ५ असोजमा जेन–जी विद्रोहमा भएका घटनाका सत्यतथ्य छानबिन गर्न कार्की नेतृत्वमा सरकारले आयोग गठन  गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्