Artharajniti ~ भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन बुझाउने भएको छ। पूर्व न्यायाधीश एवं आयोगका अध्यक्ष गौरीबहादुर कार्की प्रतिवेदन बुझाउन आइतबार साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पुगेका हुन्। उक्त आयोगको समय आज सकिएको छ। जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो। तर त्यसयता उक्त आयोगले जाँचबुझ सकाएको थिएन। यो प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए। काम नसकिएको बताउँदै आयोगलाई फागुन २४ गतेसम्मका लागि म्याद दिइएको थियो। प्रधानमन्त्री कार्कीले पनि यो आयोगको प्रतिवेदन बुझेलगत्तै कार्यान्वयनमा लग्ने बताउँदै आएकी छन्।
जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगे अध्यक्ष कार्की



