” चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ ” : विश्वप्रकाश शर्मा

Machchapuchchre Bank

Artharajniti  ~   नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् । देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने उनको भनाइ थियो । राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने उनको भनाइ थियो । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने उनको भनाइ थियो । नयाँ ऊर्जा, कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्