दलहरूको चुनावी घोषणापत्रप्रति डा. बाबुराम :” रास्वपा बढी स्पष्ट “

Machchapuchchre Bank
Artharajniti  ~   पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले सार्वजनिक गरेका चुनावी घोषणापत्रको गुणस्तर बढे पनि कार्यान्वयनका लागि ‘संरचनात्मक सुधार’ मा दलहरू मौन रहेको टिप्पणी गरेका छन्। मुख्य चार राजनीतिक दलले चुनावी घोषणापत्रसार्वजनिक गरेपछि शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यो लक्ष्य प्राप्त गर्न शासकीय स्वरूपमा सुधार गर्नुपर्ने बताए। घोषणापत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कुरा सापेक्ष रूपमा संक्षिप्त र स्पष्ट ढङ्गले राख्न सफल भएको भट्टराईले उल्लेख गरेका छन्। ‘ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र/वाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ’, उनले लेखेका छन्, ‘परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रष्ट अनुभूत हुन्छ। यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न वढी सफल देखिन्छ।’ डा. भट्टराईले दलहरूले राखेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरूलाई सकारात्मक रूपमा लिएका छन्। युवा बेरोजगारीको प्रमुख राष्ट्रिय समस्या हल गर्न र देशको अर्थतन्त्रले फड्को मार्न ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ हुनुपर्ने भन्दै आफूले संसद्‌मा निरन्तर वकालत गर्दै आएको र अहिले सबै दलले त्यो लक्ष्य राख्नु खुशीको कुरा भएको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्