रवि लामिछाने आज रुपन्देहीको निर्वाचन क्षेत्रमा

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही आएका छन् । आइतबार साँझ रुपन्देही आएर उनी होेटल मणिग्राम विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ । बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए । बिहान  ११ बजे क्षेत्र नं ३ को भैरहवा, १ बजे क्षेत्र नं ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं ५ को पर्सहवामा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर,  बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको शर्माले बताए । रास्वपा ५ वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भए पनि धेरै ठाउँमा सम्बोधन नगर्ने र केही केही स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले बताए । रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् । रुपन्देहीका कार्यक्रम सकेर लामिछाने सोमबार राति कपिलवस्तु बस्न जाने कार्यक्रम तय भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्