” निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ ” : एमाले

Machchapuchchre Bank

Artharajniti   ~   नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराईले सो भनाइ राखेका हुन् । उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्न समेत गरे । उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेकोसमेत स्मरण गराए । उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो ? यो आचार संहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि  मोनटरिङ सिष्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन । र विशेषगरी पैसाको चललेख र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जान पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भइसकेको छैन भन्ने हाम्रो मान्यता रहेको छ ।’ सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धि आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्