इरानविरूद्ध कडा कदम चाल्ने राष्ट्रपति ट्रम्पकाे तयारी

Machchapuchchre Bank

Artharajniti ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ । इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेकाे समयमा उहाँको आइतबार यस्तो अभिव्यक्ति आएको हो । एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । सेनाले यसको अध्ययन गरिरहेको र कडा विकल्पहरूको बारेमा सोचिरहेको उहाँको भनाइ छ । इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरीरहेका छन् । जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्