कांग्रेस कार्यालयमा पुगे दुई जना मन्त्री, नेताहरूसँग छलफल

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर दुई  मन्त्रीले नेताहरूसँग छलफल गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले नेताहरूसँग छलफल गरेका हुन्।  छलफलमा कांग्रेसबाट उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी थिए। मन्त्रीहरूले आगजनीमा परेर क्षति पुगेको कांग्रेस कार्यालयको अवलोकनसमेत गरेका हुन्। साथै मन्त्रीहरू आजै एमाले र माओवादीको केन्द्रीय कार्यालय अवलोकनमा पनि जाने कार्यक्रम छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्