उपसभापति डा. वाग्ले : “आगामी सरकारको नेतृत्व रास्वपाले गर्नेछ “

Machchapuchchre Bank
Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी सरकारको नेतृत्व रास्वपाले गर्ने ठोकुवा गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएपछि सामाजिक संजाल एक्समा लेख्दै वाग्लेले यस्तो ठोकुवा गरेका हुन् । उनले एक्समा आफ्नो भिडियो पनि पोष्ट गर्दै देशको राजनीतिले अव कोल्टे फेरेको टिप्पणी समेत गरेका छन् । उनले अव रास्वपाले देशको राजनीतिलाई नयाँ दिशातिर लाने र त्यसको मूल भूमिका राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्ने पनि बताए । उनले रवि र बालेनको फोटो पोष्ट गर्दै अगाडिको उज्यालो बाटो भनेर टिप्पणी समेत गरेका छन् । उनले भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले-कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन भनेर पनि लेखेका छन् । वाग्लेले फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउने र नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्