रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी

Machchapuchchre Bank

Artharajniti ~  सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता हेर्न नमिल्नेमा परेको उक्त मुद्दामा आज पेशी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थिए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्