Artharajniti ~ मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे। मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उहाँले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे । उनले भने, “मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडाैँसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।” यसैबिच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।
मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण



