Artharajniti ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने बताएका छन्। बिहिबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन्। ‘कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ?,’ ओलीले भने। बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले आफूबाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताएका थिए। ‘छोड्छौ भनेर सहमति भनेर हुन्छ? मसँग भन्नुपर्यो। मसँग भन्नुभएको छैन। बाहिर-बाहिर उम्मेदवारी घोषणा गर्नुभा छ,’ उनले भने। उनले सहमतिका लागि कसैलाई दबाब नदिने पनि बताए। ‘संवादबाट सहमति भयो भने त्यो सहमति हो। दबाबबाट गर्न चाहँदैनौं,’ उनले भने। एमाले महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ। आगामी नेतृत्वका लागि ओलीसँगै ईश्वर पोखरेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।
अध्यक्ष ओली : ” पूर्वसर्त राखेर नेतृत्वमा सहमति हुँदैन “



