” विशेष महाधिवेशनको विकल्प छैन ” : गगन थापा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  विधान अनुसार महाधिवेशन प्रतिनिधिले बोलाएको महाधिवेशनमा जानुपर्ने धारणा सभापति शेरबहादुर देउवासमक्ष राखेका छन् । सभापतिले नै विशेष महाधिवेशनको माग गर्दा पार्टीभित्र पक्ष/विपक्ष नहुने  हुँदा विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन् । महामन्त्री थापाको प्रतिउत्तरमा देउवाले अरु नेताहरूसँग छलफल गरेर निर्णय लिने बताएका थिए । आजै देउवाले पार्टीका सात पूर्वपदाधिकारीहरूसँग पनि छलफल गरेका थिए । पार्टीभित्र सहमति जुट्न नसके पछि पटक पटक केन्द्रीय समितिको बैठक सारिएको छ । शुक्रबारको  लागि बोलाइएको बैठक दुई दिन पर सारेर आइतबार बोलाइएको छ । महामन्त्री थापाले मंसिर २७ देखि विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए । महाधिवेशन चुनाव अघि गर्ने वा पछिबारे कांग्रेसमा सहमति जुट्न सकेको छैन । सहमतिका लागि ६ मंसिरदेखि केन्द्रीय समिति बैठक स्थगित गरिएपनि शीर्ष तहमा सहमति भएको छैन । सभापति देउवासँगको छलफलमा समेत आज सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक फेरि सारिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्