“नेपालले गरिबी निवारणलाई उच्च प्राथमिकता दिएको छ ” : राष्ट्रपति

Machchapuchchre Bank

Artharajniti  ~   कतारको दोहामा जारी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्तर्गत आयोजित उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले पछिल्लो तीन दशकमा प्रगति भए पनि ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको र विश्वव्यापी रूपमा बेरोजगारी दर उच्च रहेकोमा चिन्ता व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालले गरिबी निवारणलाई उच्च प्राथमिकता दिएको बताएका छन् । नेपालले उद्यमशीलता र सीप विकासमा लगानी गरी स्वदेशमै रोजगारी सिर्जना गर्न तथा डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए । गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकासलाई लोकतन्त्रका आधारस्तम्भ भएको बताए । उनले भने, ‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सामाजिक समावेशीकरण शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकासका लागि अपरिहार्य छन् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्