Artharajniti ~ निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।
बुद्धले थप्यो कोलकातामा उडान, अब साताको चार दिन
 
			


 
					
 
                             
							 
                             
                             
                             
                            