Artharajniti ~ नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ ह जार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य १२ हजार ४०० रुपैयाँ बढेको छ । यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार ४००
