उहाँले भन्नुभयो, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । म देशलाई वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनको लागि मैले पद परित्याग गरेको हुँ । अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ । त्यसकारण पनि दलहरुमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ । नयाँ शक्तिका रुपमा आएका राजनीतिक दलहरु र युवाहरुको लागि पनि मार्ग प्रशस्त गर्नुपर्छ । पुराना तीन दलका तीन भ्रष्ट पात्रहरुले जसरी मुलुकलाई यस्तो बनाए उनीहरु बिरुद्धको जेनजी विद्रोह जायज थियो । त्यसभित्र पनि प्रतिगमनकारी शक्ति र बाहिरी शक्तिहरुले पनि हात हाल्ने कोसिश गरे । तर भ्रष्ट नेताहरुले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ । म जनआन्दोलनको नेतृत्व गरेको अनुभवको आधारमा पनि आन्दोलन आंशिक सफल भएको छ । यसलाई थप सफल बनाउनको लागि हो । संविधानमार्पत शासकीय सुधार गर्न आवश्यक छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा नजाँदासम्म मुलुकमा राजनीतिक स्थिरता हुदैन । अब निर्वाचनमा जाँदा केही सुधार गरेर नजाँदा भोलि यीनै भ्रष्टाचारीहरुले देशको नेतृत्व गर्ने देखिन्छ । अहिलेसम्म भएका भ्रष्टाचारका काण्डहरुको छानविन गर्नुपर्छ । यतातिर युवाहरुको ध्यान पुगोस् भन्ने चाहाछु ।’उहाँले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
” नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागे ” : डा. बाबुराम भट्टराई
