पुटिनसँग ओलीले राखे सिधा हवाई उडानसहितका यी तीन कुरा

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिनको होटल रिट्ज कार्ल्टनमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् । प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका छन् । ‘रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ,’ ती अधिकारीले  भने, ‘दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि छलफल भएको छ ।’ त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पनि बढाउनेबारे छलफल भएको स्रोतले बतायो । उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो । शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्