” प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन ” : प्रचण्ड

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् । ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने । उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’ उनले भने । उनले पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय भएको उल्लेख पनि गरे । स्वार्थ समूह भनेको के हो भन्ने प्रश्नमा उनको जवाफ  थियो, ‘स्वार्थ समुह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नुलाई स्वार्थ समूह भनिएको हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्