राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

Machchapuchchre Bank
Artharajniti  ~  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे । बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे । उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए। सांसद शर्माले कानुनी शासनको प्रत्याभूूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै उनीहरुको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति व्यक्त गर्दै राजनीतिक दलको मूल्याङ्कन नेपाली जनताले निर्वाचन मार्फत गर्ने तर्क गरे । उनले निजामती सेवा विधेयकलाई शिघ्र अगाडि बढाउन माग गरे । सांसद मोहम्मद खालिदले भारतको उत्तराखण्डको बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्